व्युटी न्युज नेपाल
काठमाडौं, १८ असार

बोल बोल पाखाहरु
हिउँ फुल्ने काखहरु
किन होला हिजोआज
बाटो छेक्छन आँखाहरु हो,
बाटो छेक्छन आँखाहरु …

२७ वर्ष अघि निर्मित चलचित्र झुमाको यो गीत अहिले पनि त्यत्तिकै लोकप्रिय छ । अभिनेता अर्जुन श्रेष्ठ र अभिनेत्री मौसमी मल्लले नृत्य गरेको यो गीतमा मनाङका सुन्दर दृष्यहरु थिए ।

यही गीत अब अर्को मनाङको सट्टा मुस्ताङको दृष्यसहित नयाँ चलचित्र ‘छिरिङ’ मा देख्न र सुन्न पाईने छ । बोल बोल पाखाहरु… लाई पुन रेकर्ड गरेर गायक अभिनेता यशकुमार निर्देशित चलचित्र छिरिङमा राखिएको छ ।

उपल्लो र तल्लो मुस्ताङमा छायाँकन गरिएको यो गीतको भिडियोमा छिरिङकी नव नायिका कामना भुजेलले निकै आकर्षक नृत्य गरेकी छन् ।

हेर्नुस गीतकाे भिडियाे ः

पुन रेकर्ड गरिएको यो गीत सुनिता थेम्मी र विन्दु परियारको स्वरले मिठास बनेको छ । यसअघि झुमामा यो गीत सुक्मित गुरुङले गाएकी थिईन् । बुढासुब्बा म्युजिक डिजिटलबाट यो गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतकाे काेरियाेग्राफी कविराज गहतराजले गरेका हुन् ।

आगामी १२ आसोजमा देशव्यापी प्रदर्शनी गर्ने भनिएको छिरिङको यो गीत दिनेश अधिकारीले लेखेका हुन् । जसमा अम्बर गुरुङ र प्रकाश अधिकारीको मुलसँगीत छ ।

चलचित्रको प्रर्दशन मिति तोकेको केही दिनमा यो गीतको भिडियो रिलिज गरिएको हो ।

यो चलचित्रमा कामना भुजेल, यशकुमार, गायक निमा रुम्बाको अभिनय हेर्न पाईने छ । चलचित्रको कथा पनि यशकुमारकै हो । दुई गायक यशकुमार र निमा रुम्बा यो फिल्ममा फेरी नायकको रुपमा प्रस्तुत हुँदैछन् ।