पोष्टरमा यस्तो देखियो ‘भैरे’


काठमाडौ,१४ बैशाख

चलचित्र ‘भैरे’को पोस्टर रिलीज गरिएको छ । १८ जेठबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा दुई पोष्टर रिलिज गरिएको हो । प्रमूख कलाकारहरु दयाहाङ्ग राई, सुरक्षा पन्त, बुद्दी तामाङ, बर्षा सिवाकोटी, बिक्रान्त बस्नेत, अनुभव रेग्मीलाई पोष्टरमा समेटिएको छ । अब चाँडै नै यो चलचित्रको ट्रेलर पनि रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।

यस चलचित्रमा विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ ।
यो चलचित्रलाई एभरेष्ट सूर्य बोहराले निर्देशन गरेका हुन् । चलचित्रको लेखन पनि उनकै हो ।

नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित भैरेको लेख बहादुर पुन कार्यकारी निर्माता हुन् । भैरेलाई प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारीले निर्माण गरेका हुन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत यो चलचित्रका सहनिर्माता हुन् ।


पुरुषोत्तम प्रधानको छायाँकन, बनिश शाहको सम्पादन रहेको यो चलचित्रमा सूर्य थोक्करको द्वन्द्व निर्देशन छ ।