दर्शकमा प्रदीपको अत्याधिक क्रेज, रुचाइयो लिली बिली


 

काठमाडौं, १ बैशाख

दर्शकमा आफ्नो क्रेज ससक्त छ भन्ने कुरालाई अभिनेता प्रदीप खड्काले फेरी एक पटक चलचित्र ‘लिली बिली’बाट प्रमाणित गरेका छन् । शनिबार दिउँसो १ बजे काठमाडौंको चाबहिल स्थित गोपिकृष्ण मूभिजमा दर्शकमाझ पुगेका प्रदीपलाई दर्शकको भिडबाट ज्यान जोगाउन गाह्रो भयो । उनका जबरजस्ती प्रसँसकले अटोग्राफ लिन र सेल्फि खिच्न तानातान गरेपछि अँगरक्षकले प्रदीपलाई दर्शकबाट जोगाउन गाह्रो पर्यो ।

 

 

गोपिकृष्णमा आफ्ना प्रसँसकमाझ प्रस्तुत हुँदा यी अभिनेताले गोपिकृष्ण हलको रेलिङमा उभिएर रोमाञ्चक गीत सुस्तरी सुस्तरी…गाउँदा दर्शकले प्रदीपलाई गायनमा साथ दिएका थिए । केही दर्शकहरु छमछमी नाच्ने समेत पछि परेनन् । युवतीहरु प्रदीपलाई आइलभयु भन्दै चिच्याएको दृष्य पनि त्यहाँ देख्न पाईयो । गोपिकृष्ण अघि लिली बिली युनिटसँग प्रदीप र अभिनेत्री जसिता बालाजुको अष्टनारायण मूभिजमा पुगेका थिए । त्यहाँपनि दर्शकबाट यी दुई कलाकारलाई जोगिन हम्मे हम्मे परेको थियो ।
दर्शकको ठुलो भिड देखेर उत्साहित प्रदीप र जसिताले दर्शकलाई मायाँ र चुम्बनयुक्त सम्बोधन पनि गरे । शु्क्रबारबाट रिलिज भएको लिली बिली यतीबेला मुलुकका करिब ८० ओटा सिनेमा हलमा प्रदर्शनमा आएको छ । यो चलचित्रका निर्देशक मिलन चाम्पस् पनि यतीबेला फिल्मको सफल व्यापारबाट खुसी छिन् ।

निर्माता गोबिन्द शाहीले लिली बिली राम्रो चलचित्र बनेको र यसलाई दर्शकबाट मन पराईएको बताएका छन् । क्युएफएक्स चेनमा मात्र २५ शो पाएको लिली बिलीले बिग सिनेमामा ७ शो पाएको छ ।

 


प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुप बिक्रम शाही, सविन श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको फिल्मले पहिलो दिनमा कुल ८२ लाखको करोबार गर्न सफल भएको छ ।

उपत्यका भित्र कुल ४२ लाखको ब्यापार गरेको फिल्मले उपत्यका बाहिर ४० लाख बराबरको ब्यापार गरेको निर्माता तथा बितरक गोबिन्द शाहीले जानकारी दिएका छन । शुक्रबार अधिकाङ्श शो हाउसफुल भएको फिल्मको शनिबार पनि शुक्रबारकै शो कायम रहेको छ । नायक प्रदिप खड्काले भने,’पहिलो दिनको प्रतिकृया राम्रो पाएको छु । मिडिया तथा सर्वसाधारण दर्शकबाट पाएको प्रतिकृया हेर्दा फिल्म आजबाट अझै राम्रो जानेछ ।

फिल्म मन पराउनु भएको छ । जुन एक्स्पेक्टेसन थियो त्यो मिट भएको छ । हिजो बिहानी शोमा दर्शक संख्या केही कम भए पनि आज बिहानी शो देखिनै हाउसफुल भएको छ ।’ फिल्म सुदिप खड्का र गोबिन्द शाहीले संयुक्त रुपमा निर्माण गरेका हुन भने मिलन चाम्सले निर्देशन गरेका हुन ।

भिडियो: