डिभोर्स पछि डिर्भोस भएकै भिडियोमा ऋचा न्यौपानेको अभिनय


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ बैशाख

मोडल ऋचा न्यौपानेले हालै गायक निसान भट्टराइसँग सम्बन्ध विच्छेद गरिन् । यिनै मोडलले यतिबेला डिभोर्सको कथा समेटिएको म्युजिक भिडियो गुनासो…मा अभिनय गरेकी छिन् । यो गीतको कथा उनको जीवनमा मिल्दोजुल्दो छैन । यो गीतको भिडियोलाई ‘टुलुमुन’ युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

गीतमा कमल विष्ट स्वर तथा संगीत छ । यो गीतलाई विष्णुकुमार गिरीले लेखेका हुन् । गीतलाई दर्पण यात्रीले एरेन्ज गरेका छन् ।

गीतले सम्बन्धमा आउने उतारचढाव, विश्वास र धोकाको भाव प्रस्तुत गरेको छ । बिमले निर्देशन गरेको गीतको भिडियोमा प्रजित तिमल्सिना, ऋचा न्यौपाने र विश्वराम तिमल्सिनाले अभिनय गरेका छन् । भिडियोमा प्रकाश खड्काको छायांकन, विकास ज्ञवालीको सम्पादन छ ।