इनास यूरोप स्तरीय नृत्य तथा गायनको आतिथ्यताका लागि राहुल केसी पेरिस प्रस्थान


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ बैशाख

यही में ११ र १२ मा फ्रान्सको पेरिसमा नवौ इनास यूरोप स्तरीय एकल नृत्य तथा छैठांै एकल गायन प्रतियोगिता आयोजना हुने भएको छ । यो प्रतियोगितामा सँयुक्त राज्य अमेरिकाबाट बिशेष अतिथिको रुपमा इनास अमेरिकाका अध्यक्ष एवम् चलचित्र अभिनेता राहुल केसी सहभागी हुँदैछन् ।

सो कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी हुन फ्रान्स जाँदै गरेका अभिनेता केसीलाई अमेरिकाको वासिंटन डि. सी. स्थित डलस इन्टरनेसनल एयरपोर्टमा विदाई गरियो ।

इनास अमेरिकामा अध्यक्ष राहुललाई मेरिल्याण्डको बाल्टीमोर डिस्ट्रिक्ट आठका सभासद तथा यू.एस. कॉंग्रेसका लागी मेरिल्याण्ड डिस्ट्रिक्ट दुइका डेमोक्रेटिक पार्टीकोतर्फबाट उम्मीदवार डा. ह्यारी भण्डारीले अग्रिम बिदाइ गर्दै कार्यक्रम सफलताको शुभकामना दिए ।

त्यसै गरी इनास अमेरिकाका प्रवक्ता तथा चलचित्र निर्देशक गोपालचन्द्र लामीछाने र इनास मेरिल्याण्डका अध्यक्ष, गायक तथा संगीतकर्मी लक्ष्मण पौडेल पनि एयरपोर्टसम्म आएर अध्यक्ष राहुललाई कार्यक्रमको सफलताको शुभकामना सहित बिदाइ गरे ।