क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतबाट पाए सफाई


ब्युटी न्युज नेपाल
काठमाडौँ, २ जेठ

जबरजस्ती करणी सम्बन्धि मुद्धामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बुधबार सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको सफाइ दिने फैसला गरेको हो ।

गौशाल–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो । इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको सो फैसलालाई उल्ट्याएको छ । लामिछाने त्यसविरुद्ध उच्च अदालत पुगेकामा उनले सफाइ पाएका हुन् ।

‘…निज प्रतिवादीलाई मुलुकी अपराध संहिता २०७४ को २१९ (३) (ङ) बमोजिम ८ वर्ष कैद र सोही दफाको (३) (ग) बमोजिम ३ लाख रुपैयाँ जरिवाना र २२८ बमोजिम २ लाख रुपैयाँ क्षतिपूर्ति समेत भरी पाउने गरी जिल्ला अदालत काठमाडौँबाट २०८० पुस १३ गते कसुर निर्धारण भई २०८० पुस २५ गते सजाय निर्धारण गर्ने गरी भएको फैसला मिलेको नदेखिँदा उल्टी बदर भई निज प्रतिवादी उपरको बादी नेपाल सरकारको अभियोग मागदाबी नपुगेकाले निज प्रतिवादीले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ’, अदालतको फैसलामा भनिएको छ ।

यो फैसलापछि उनको प्रसँसकहरुमा खुसीयाली छाएको छ । उनका समर्थकहरुले पछिल्लो एकसाता यताबाट नियमित रुपमा काठमाडौंको थापाथली, मैतिदेवी, त्रिपुरेश्वरलगायतको स्थानमा सन्दीपको पक्षमा जुलुस नारा निकाल्दै आएका थिए । बुधबार पनि अदालतमा सन्दीपको बारे बहस हुँदैगर्दा बाहिर समर्थकको निकै ठुलो जुलुस थियो ।

यो फैसलासँगै उनले अब बिश्वकप खेल्न पाउने भएका छन् । आजै क्यानले उनको निलम्बन फुकुवा गरेर विश्वकपको तयारीमा अघिसार्ने तयारी गरिरहेको छ ।