राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा प्रकाश कटवाल, नयाँ कार्यसमिति निर्वाचित


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० बैशाख

शुक्रबारबाट काठमाडौंमा सुरु भएर राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैठौं केन्द्रिय महाधिवेशन शनिबार राती प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न भएको छ । अधिवशेनको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम् बरिष्ठ संगीतकार शम्भुजीत बासकोटाले काठमाडौंको राष्ट्रिय सभागृहमा उद्घाटन गरेका थिए । मुलुकका २० हजारभन्दा बढी कलाकारहरु समेटिएको यस संघको महाधिवेशनमा ७५ जिल्लाबाट कलाकारहरु काठमाडौं आई सहभागी भए ।

संघको शनिबार राती सम्पन्न अधिवेशनबाट अध्यक्षमा लोक गायक प्रकाश कटवाल निर्विरोध निर्वाचित भएका छन् । कटवालको अध्यक्षतामा संघका नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

संघको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उमा श्रेष्ठ, प्रथम उपाध्यक्षमा अमृत खाती चयन भएका छन् । यस्तै उपाध्यक्षमा रमेश दुलाल (कागे), कुमार कार्की, जीवन परियार र तीर्थबहादुर श्रेष्ठ (मिलन) निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिको महासचिवमा विनोद ढकाल, उपमहासचिवमा मान बहादुर तामाङ र रबिन्द्र रिमाल, सचिबमा दिनेश डाँगी, शोभा थापा, आशा लामा, रुपक परियार निर्वाचित भएका छन ।

यस्तै सहसचिवमा स्मृति गौतम, प्रवक्तामा सविन चौहान, कोषाध्यक्षमा गोविन्द गौतम र सह कोषाध्यक्षमा टीका सानु निर्वाचित भएका छन् ।
यसैगरी संघको केन्द्रीय सदस्यहरुमा नवराज भट्टराई, कुल बहादुर वली, दिनेश भण्डारी, नक्कुल प्रसाद गौतम, प्रदिप रोक्का,अशोक सापकोटा, रुपेश पुडासैनी, ऐन बहादुर दौड्याल, दिलु बि.सी., ढक बहादुर खत्री, उमेश शिवाकोटी, दिल बहादुर भण्डारी (दिनेश), यज्ञ कुमारी रुचाल, शंकर ढकाल, सुमि श्रेष्ठ, निरुता खत्री, प्रतीमा अर्याल र सुजता केसी निर्वाचित भएका छन ।

नयाँ कार्यसमितिमा उपमहासचिब, सचिव, सहसचिब र महिला सदस्यमा मतदान भयो भने बाँकी अन्य पद निर्विरोध निर्वाचित भए । निर्वाचित पदाधिकारीहरुलाइ निर्वाचन समितीले आइतबार बिहान पद तथा गोपनियताको सपथ खुवाएको छ ।

पद तथा गोपनियताको सपथ लिएसँगै नव निर्वाचित अध्यक्ष प्रकाश कटवालले संस्थामा सबैलाई मिलाएर अगाडी बढाइने बताए,‘कलाकारको हक हितमा नयाँ योजना, यस संघको आफ्नो भवन निर्माण, कलाकार कल्याणकारी कोष स्थापना र संगीत विकाश बोर्ड स्थापनमा मेरो विशेष प्रथमिता रहन छ ।’ उनले भने ।