दान्भी अब ७ असारमा रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ बैशाख

चलचित्र ‘दान्भी’ अब १० जेठमा नआउने भएको छ । यो मितिमा पुजार सार्की र फर्की फर्की जस्ता चलचित्र आउने भएपछि दान्भी यो मितिबाट सरेको छ । नायिका पूजा शर्माको जन्मदिनको अवसर पारेर फिल्मको नयाँ रिलिज मिति तय गरिएको हो । अब, यो फिल्म असारको ७ गतेबाट रिलिजमा आउने भएको छ ।

असारको ७ गते अहिलेसम्म कुनै पनि नयाँ नेपाली चलचित्रको प्रदर्शन मिति नतोकिएको कारण दान्भी रिलिज गर्न लागिएको निर्माण पक्षको कथन छ ।

वितरक करण श्रेष्ठ र निर्माताहरुको छलफलपछि यो मिति तय गरिएको निर्देशक रुपेश तामाङले जानकारी दिएका छन् । यो फिल्ममा नायिका पूजा शर्मा केन्द्रिय भूमिकामा छिन् । उनको साथमा फिल्ममा नव–नायक कुन्साङ बोमजोमको मुख्य भूमिका छ ।

देव मगर र अनुप गडाल निर्माता रहेको यो फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन् । फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन् ।

फिल्म ‘दान्भी’को टिजर गतबर्ष नै रिलिज गरिएको थियो । टिजरले दर्शकको उच्च साथ पाएको छ । एक्सनप्रधान यो फिल्ममा नायिका पूजा शर्माको एक्सनले चर्चा पाइरहेको छ ।