किशोरका अधुरो कथामा सागर र कुसुम


ब्युटी न्युज नेपाल
काठमाडौं, १ बैशाख

गायक किशोर तिम्सिनाको नयाँ गति अधुरो कथाको भिडियोलाई शुक्रबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ । गीतमा किशोर तिम्सिनाको शब्द तथा स्वर रहेको छ भने लेखु सहयात्रीको यसमा सँगीत छ । गीतमा किशोरसँगै डा. त्रिशला गुरुङले पनि स्वर दिएकी छन् ।

गीतको भिडियोलाई गम्भीर बिस्टले निर्देशन गरेका हुन् । गायक तिम्सिना संयुक्त राज्य अमेरिका बस्दै आएका छन्। समाजसेवामा समेत सक्रिय उनले दर्जन बढी गीतहरू लेखेका छन् ।

यस म्युजिक भिडियोमा एकतर्फी प्रेममा रहेकी युवतीको कथा प्रस्तुत गरिएको छ। यसमा सागर लम्साल र कुसुम शर्माको प्रमुख अभिनय रहेको छ। उनीहरूसँगै गणेश बहादुर विष्ट, ज्ञानी देवी विष्ट, सम्झना पोखरेल, प्रभात ओझा, पुनम बस्नेत, अनिशा, खड्की, एलेन घिमिरे, दिनेश राउत, निर्मल जङ्ग कठायत, शर्मिला महत, सञ्जना माझी र रेणु न्यौपानेको पनि अभिनय रहेको छ ।

यसमा छायाङ्कन सम्पादन र कलर ग्रेडिङ पवन सुस्लिङको रहेको छ भने सहायक निर्देशक सुरेन्द्र बसेल हुन् । एरेन्ज र ब्याकग्राउन्ड म्युजिक बिशम आचार्यको, मिक्सिङ तथा मास्टरिङ साजन शाहको रहेको छ ।