प्रधानमन्त्री दाहालबाट वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठ सम्मानित


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ चैत

वरिष्ठ सौन्दर्यविद् तथा रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठ सम्मानित भएकी छिन् । उनी काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट सम्मानित भएकी हुन् । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र सो क्लबका सभापति ऋषिराज धमलाले रश्मिलालाई सम्मानित गरेका छन् । सो क्रममा प्रधानमन्त्री दाहालले वरिष्ठ सौन्दर्यविद् श्रेष्ठलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मानित गरे ।

बिगत लामो समयदेखि सौन्दर्यकला क्षेत्रमा निरन्तर योगदान पुर्याएको भन्दै रश्मिलालाई सो कार्यक्रममा सम्मानित गरिएको हो । बिगत डेढ दशकभन्दा लामो समयदेखि रश्मिलाले काठमाडौंमा ‘रश्मिलाज् फेसियल हाउस एण्ड ब्यूटी केयर’ सञ्चालन गर्दै आएकी छिन् । अन्तर्राष्ट्रियस्तरकै उत्कृष्ट सेवा प्रदान गर्दै आएको यो रश्मिलाज फेशियल हाउस लामो समयदेखि कलाकार, व्यवसायी, सर्वसाधारण, खेलाडीलगायतको पहिलो रोजाईको पार्लर बन्न सफल भएको छ ।

रश्मिलाले काठमाडौं मलबाट रश्मिलाज फेशियल हाउस सुरु गरेकी थिईन् । अहिले काठमाडौं महमा रश्मिलाज फेसियल हाउसको दुई वटा एउटलेट छ भने काठमाडौंका सामाखुसी स्थित बिजी मल र बालाजु स्थित बुद्ध मलमा एक/एक वटा आउटलेट रहेका छ । यी चारवटा फेशियल हाउसबाट उनले यतिबेला करिब १ सय जनालाई रोजगारी प्रदान गर्दै आएकी छिन् ।