बद्री बहादुरको ट्रेलर रिलिज, कपिल शर्माको शुभकामना


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ चैत

चलचित्र ‘बद्री बहादुर’को ट्रेलर रिलिज गरिएको छ । शोभित बस्नेत निर्देशित यो चलचित्रको बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । हास्य विधामा यो चलचित्र तयार गरिएको ट्रेलरले जनाउँछ । ट्रेलरमा बहुसँख्यक कलाकार समेटिएका छन् ।

हाँस्न नस्कनेले यो चलचित्र नहेर्नु भन्ने कुरा ट्रेलरमा उल्लेख छ । यो चलचित्रलाई भारतीय हास्य कलाकार कपिल शर्माले सफलताको शुभकामना समेत दिएका छन् ।

सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा निर्देशक बस्नेतले ‘बद्री बहादुर’ दर्शकले मन पराउनेमा शतप्रतिशत ढुक्क रहेको बताए । यसमा बद्री बहादुरको रुपमा जयकिशन बस्नेत रहेका छन् । अहिलेको ट्रेन अनुसार यो हास्यप्रधान चलचित्र बनाईएको उनले बताए ।

सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्माता रहेको सिनेमा एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको हो । विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे सिनेमाको निर्मातामा छन् ।

सिनेमामा जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाई र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन् । सिनेमाको एक गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री पूजा शर्माको अभिनय रहेको छ ।

सिनेमामा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शंकर महर्जनको द्वन्द्व निर्देशन, रामजी राउत र ज्ञान कुमार कट्टेलको मुख्य सहायक निर्देशन तथा समिर मियाँ सम्पादन छ । आरआर फिल्म्सले वितरण गर्ने सिनेमालाई काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभा क्षेत्रमा छायांकन गरिएको हो ।