महाजात्रा आजबाट विश्वव्यापी रिलिज, नेपालमा एक दिनमा ३४२ शो, बिदेशका २५० शहरमा रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ चैत

चलचित्र ‘महाजात्रा’ आज शुक्रबारबाट नेपालसँगै विश्वका विभिन्न देशबाट रिलिज भएको छ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले तेश्रो सिक्वेलको रुपमा महाजात्रा निर्माण गरेको हो । यो चलचित्र नेपालका सबै सिनेमा हलमा रिलिज भएको यसका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँले बताएका छन् ।

यो चलचित्रमा नेपालमा एक दिनमा ३४२ शो पाएको छ । यो नेपाली चलचित्रको इतिहासमै सम्भवत सबैभन्दा बढी शो दिईएको चलचित्र हो । यस्तै बिदेशमा यो चलचित्र ४० देशबाट रिलिज हुँदैछ । ४० देशका २५० शहरमा महाजात्रा रिलिज हुँदै गरेको निर्माता बानियाँले जानकारी गराएका छन् ।

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

यो चलचित्रले मल्टिप्लेक्स चेन क्युएफएक्सले देशभरका आफ्ना आउटलेटमा ७२ शो पाएको छ । क्युएफएक्स अन्तर्गत दरबार सिनेम्याक्समा ४ शो, भक्तपुरमा रहेको क्युएफएक्समा ६ शो, लबिम मलमा ६ शो , सिभिल मलमा ६ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा ८ शो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा ६ शो, वुटवलमा ५ शो, दमौलीमा ४ शो, नारायणघाटमा रहेको जलमामा ७ शो, विराटनगरमा ६ शो, विर्तामोडमा ७ शो, विरगंजमा २, इटहरीमा ५ शो दिएको छ ।

काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा ८ शो, दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा ९ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा ६ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा ६ शो, चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ८ शो दिएको छ ।

जमलमा रहेको विश्वज्योति सिनेमाजमा ८ शो, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्समा ९ शो, किर्तिपुरमा रहेको किर्तिपुर सिनेप्लेक्समा ५ शो, सितापाइलामा रहेको सिने सिनेमाजमा ७ शो, गोंगबुमा रहेको इन्फिनिटी मुभिजमा ८ शो, बानेश्वरमा रहेको वान सिनेमाजमा ९ शो र कालिमाटीमा ७ शो दिएको छ । यस्तै, बागबजारमा रहेको सिटी म्याक्स सिनेमाजमा ४ शो, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा ८ शो, बानेश्वरमा रहेको आइएनआईमा ८ शो र बुटवलमा रहेको आइएनआइमा ८ शो दिएको छ ।
यस्तै, चितवनमा रहेको सिनेप्लेक्समा ६ शो, पोखरामा रहेको सिनेप्लेक्समा ७ शो, पोखरामा रहेको मिडटाउनमा ६ शो, सिमरामा रहेको केएसआर मुभिजमा ४ शो, दमकमा रहेको डिम्याक्स सिनेमाजमा ३ शो, बुटवलमा रहेको भिउ सिनेमाजमा ६ शो, विराटनगरमा रहेको सिटी सिनेमामा ६ शो, धरानमा रहेको फ्रेन्ड्स सिनेमामा ४ शो दिएको छ ।

विर्तामोडमा रहेको पाथिभरा सिने प्लाजामा ५ शो, धनगढीमा रहेको एसटिएस सिनेमामा ३ शो, पर्सा चितवनमा रहेको म्याङ्गो जनज्योतिमा ४ शो, बनेपामा रहेको शुभकामना हलमा ४ शो, दाङमा रहेको भीएफएक्स सिनेमाजमा ५ शो, हेटौडामा रहेको एनएस सिनेमाजमा ३ शो, हेटौडामा रहेको ओम्याक्स सिनेमाजमा २ शो, नवलपुरमा रहेको कावासोती सिनेम्याक्समा ४ शो, भक्तपुरमा रहेको कमल विनायक सिनेमाजमा ३ शो, पोखराको लामाचौरमा रहेको हिमाज सिनेमाजमा ३ शो, विराटनगरमा रहेको सेन्ट्रल मल्टिप्लेक्समा ५ शो, नेपालगञ्जमा रहेको सिने रोयलमा ९ शो प्राप्त भएको छ ।