केकीले रिलिज गरिन आफ्नो फिल्मको गीत


ब्युटी न्युज नेपाल
काठमाडौँ, ८ चैत

चलचित्र ‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा, यता न उता…’को भिडियो बिहिबार सार्वजनिक गरिएको छ । यो चलिचत्रलाई अभिनेत्री केकी अधिकारीले निर्माण गरेकी हुन् । यो चलचित्र आगामी वैशाख १४ गते रिलिज हुँदैछ ।

सार्वजनिक गरिएको यो गीतमा स्वीअरिती र निहारिकाको स्वर, मोनिस निरौलाको संगीत र सुलक्षण भारतीको शब्द छ । गीतको भिडियोमा अभिनेत्री केकी र फिल्मका निर्देशक तथा अभिनेता सुलक्षण भारतीले अभिनय गरेका छन् ।

यो गीतको भिडियोमा उनीहरुको विवाह र त्यसपछिको अवस्थालाई देखाइएको छ । गीतको भाव अनुसार दृश्य अपुरो छ । यो वारेमा निर्माण पक्षले खुलाएको छैन ।

यो चलचित्रमा केकीसँगै सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ ।
केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने योजनामा केकी छिन् । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको बोक्सीको घरको निर्मातामा बद्री अधिकारी र कार्यकारी निर्मातामा राज घिमिरे छन् ।

 टिफल्क फिल्मसले फिल्मको वितरण अधिकार लिएको छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ ।