निफमा बुलाकी उत्कृष्ट राष्ट्रिय फिल्म, बिपिन र सुरक्षा उत्कृष्ट अभिनेता अभिनेत्री


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ चैत

नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिबल (निफ)को सातौं संस्करण सोमबार बेलुका काठमाडौंका सुन्धारा स्थित सिभिल मलमा अवार्ड प्रदान गर्दै सकिएको छ । महोत्सबको समापन समारोहमा राष्ट्रिय लघु चलचित्र, चलचित्र र बृत्तचित्रका विभिन्न उत्कृष्ट विधालाई घोषणा सहित अवार्ड प्रदान गरियो । राष्ट्रिय तर्फ उत्कृष्ट चलचित्र बुलाकी भएको छ । यो फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । अवार्ड समारोहमा सर्वोत्कृष्ट निर्देशक (फिचर फिल्म)को अवार्ड ‘बुलकी’बाट लक्ष्मण सुनारले नै पाए ।

यस्तै फिचर तर्फ उत्कृष्ट अभिनेताको अवार्ड विपिन कार्कीले चलचित्र एक भगवत गीतबाट हाँसिल गरे भने फिचर फिल्म तर्फ नै उत्कृष्ट अभिनेत्रीको अवार्ड बुलाकीबाट सुरक्षा पन्तले हाँसिल गरिन् ।

यस्तै उत्कृष्ट बृत्तचित्रको अवार्ड बृत्तचित्र जर्नाबाट एके शेर्पाले हाँसिल गरेका छन् । यो बृत्तचित्र बाढीमा दाउरा तथा मुढा झिक्नेहरुको पीडामा केन्द्रित थियो ।

यस्तै उत्कृष्ट सर्टफिल्मको अवार्ड किरण श्रेष्ठको एक अनोदर विन्टरले जित्यो । जसमा बिरामी सन्तानको उपचारमा आमाको सँघर्षको कथा प्रस्तुत गरिएको थियो ।

यस्तै उत्कृष्ट छायांकन (फिचर फिल्म)को अवार्ड ‘एक भगवद् एक गीता’बाट राजेश श्रेष्ठ र संकल्प भुजेलले हाँसिल गरे । महोत्सबमा पटकथा (फिचर फिल्म)को अवार्ड ’देशन (द एपिडेमिक)’ का लागि कमल एकचाई मगरलाई प्रदान गरियो भने ।
महोत्सबमा अन्तराष्ट्रिय विधा तर्फको अवार्ड पनि प्रदान गरियो ।

अन्तराष्ट्रिय तर्फ उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको लागि गौतम बुद्ध अवार्ड भारतको चलिचत्र वाइल्ड हंसले जित्यो । यो चलचित्रलाई रजनी बसुमतारीद्धारा निर्देशन गरिएको थियो । यसमा दशकौंको सशस्त्र द्वन्द्वबाट मुक्ति पाएका महिलाहरूको जीवन भोगाई प्रस्तुत गरिएको थियो ।
यस्तै अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्मको लागि माउन्ट एभरेस्ट अवार्ड यसपटक पोर्चुगलको बृत्तचित्र लभ लाइट्सले हाँसिल गर्यो ।

यस्तै अन्तर्राष्ट्रिय लघु चलचित्रको बागमती अवार्ड यो महोत्सबमा इजिप्टको लघु चलचित्र आई प्रमिस यु पाराडाईजले प्राप्त गर्यो । यसलाई मोराद मुस्तफाले निर्देशन गरेका थिए ।

यस्तै फिचर फिल्म तर्फ जूरी स्पेशल मेन्सन अवार्ड चिनको चलचित्र द ट्रेकर द उल्फ एन्ड द मँकी किङले हाँसिल गर्यो । यस्तै इन्टरनेशनल फेडरेशन अफ फिल्म सोसाइटीजको सर्वश्रेष्ठ फिचर फिल्मको लागि डन क्विक्सोट अवार्ड सर्बियाको चलचित्र लाजरसले हाँसिल गर्यो ।

यो महोत्सबमा राष्ट्रिय तथा अन्तराष्ट्रिय तर्फको फिचार फिल्म विधामा प्रमुख निर्णयकमा चिनका सिने प्रध्यापक शिए फेइ, र निर्णायकहरुमा नेपाली अभिनेता प्रदीप खड्का र करिन एन्जेल थिए । महोत्सबमा सर्ट फिल्म तथा डक्युमेन्ट्रीका लागि निर्णायकमा मिमी एमजी पार्क, दीया मास्के र सफा मोराड थिए ।

शुक्रबार १ चैतबाट सुरु भएको यो पाँच दिनको महोत्सब सोमबार साँझबाट सकिएको छ ।