तेस्रो हप्तामा अगस्त्य च्याप्टर १


ब्युटी न्युज नेपाल
काठमाडौं, २ चैत

चलचित्र ‘अगस्त्य च्याप्टर १’ तेस्रो सातामा प्रवेश गरेको छ । यो फिल्मले दोस्रो हप्तामा पनि राम्रै व्यापार गरेको थियो । काठमाडौं र मोफसलका केही हलमा अझै यो चलचित्र प्रदर्शनीमा रहेको छ ।

फागुनको १८ गतेबाट प्रदर्शनमा आएको एक्सन–थ्रीलर फिल्म ‘अगस्त्य’लाई दर्शकले रुचाएका थिए । तर केही दर्शकको टिप्पणी चाही फिल्म लामो भयो भन्ने थियो । पछिल्लो हप्ता रिलिज भएका उपहार, काँडेतार भन्दा अगस्त्यको व्यापार माथि रहेको थियो ।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको ‘अगस्त्य’लाई समीक्षकबाट कमजोर समीक्षा पाउँदा पनि यसको व्यापार राम्रो भएको निर्माण पक्षको दाबी छ । यो चलचित्र युवापुस्तालाई भने मन परेको छ ।

डार्क हरिस इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा, बेन बस्नेत, शिशिर वाङ्गदेल, सिम्रन खड्का, प्रकाश दाहाल, गजेन्द्र त्रिपाठी लगायतको अभिनय छ ।