प्रनिस र पलिष्ठा लिटिल प्रिन्स र प्रिन्सेस


काठमाडौ, ३ फागुन
ईभेन्ट बेटर ग्यालेक्सीले जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको १५ औं संस्करणको प्रिन्स एण्ड प्रिन्सेस–२०१८ तथा लिटिल प्रिन्स एण्ड प्रिन्सेस–२०१८ मा राजश्री गुरुकुलमा अध्ययनरत विद्यार्थीहरुले बाजी मारेका छन् ।
यो प्रतियोगितामा प्रिन्सतर्फको उपाधि प्रनिस खड्का तथा प्रिन्सेसको उपाधि पलिष्ठा महर्जनले जितेका छन् । प्रतियोगितामा सोहन बुढाथोकी तथा श्रृंगा श्रेष्ठले फस्ट रनर्स अप तथा आयुष तण्डुकार र तेजुसी तण्डुकारले सेकेण्ड रनर्स अपको उपाधि जिते । आयुष्मान बस्नेत तथा गृष्मा उप्रेती थर्ड रनर्स अप भए ।


लिटिल प्रिन्सतर्फको उपाधि भने यूनिक पराजुली तथा लिटिल प्रिन्सेसको उपाधि क्रिस्टिना खड्काले जितेका छन् । लिटिलतर्फ फस्ट रनर्स अपको उपाधि आर्यन मित्तल तथा सोहन पाठकले जिते भने सेकेण्ड रनर्स अपको उपाधि तेजुसी श्रेष्ठ तथा रिजन केसीले जिते । थर्ड रनर्सको उपाधि जेनिस शाही तथा वैभवी शाहले जित्न सफल भए ।
प्रतियोगिताका विजेतालाई जनही २५ हजार रुपैया“ प्रदान गरिएको छ । प्रतियोगिताका आयोजक धिरज तण्डुकारका अनुसार विजेताहरु विदेशमा आयोजना हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।  प्रतियोगितामा विभिन्न डिजाईनरले तयार गरेका ड्रेसहरु मध्य काजल क्रियसनकी काजल शर्माले तयार गरेको ड्रेलले बेष्ट ड्रेसको अवार्ड जितेको थियो । सुरजनी केसीद्वारा कोरियोग्रँफी गरिएको उक्त प्रतियोगितामा पूर्व उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथि थिए ।
३४ जना बालबालिकाहरुले सहभागिता जनाएको प्रिन्स एण्ड प्रिन्सेस तथा ५४ जना बालबालिकाहरुको सहभागि थिए । लिटिल प्रिन्स एण्ड प्रिन्सेस प्रतियोगिता एक दिन दुई भिन्न समयमा सम्पन्न गरिएको कार्यक्रम संयोजक अभिमन्यू शर्माले बताएका छन् ।
प्रतियोगिताको निर्णायकमा कला सुब्बा, निर्णय श्रेष्ठ, गोविन्द राई, दिक्पाल कार्की, रुस्का बैद्य, अमर तण्डुकार, उदय सोताङ, प्राश्ना शाक्य, मरिष्का पोखरेल लगायत थिए ।