रेखा थापालाई गरेर गायक पर्शुरामको भिडियो


काठमाडौं, १ फागुन
पछिल्लो समय नेपाली चलचित्रका नायिकालाई सम्बोधन गरेर गीत लेख्न क्रम फस्टाएको छ । यसै क्रममा कृष्णराज भण्डारीले अभिनेत्री रेखा थापाको प्रसँसा गर्दै गीत लेखेका थिए । । सो गीतलाई गायक पर्शुराम रिजालले रेकर्ड गरेर भिडियोको रुपमा सार्वजनिक गरेका छन् ।
यस पटकको प्रण दिवसको पूर्व सन्ध्या पारेर अभिनेत्री रेखा थापाप्रति समर्पित भनिएको गीत रेखा थापाले…को भिडियो रिजालले युट्युवबाट सार्वजनिक गरेका हुन् ।


कृष्णराज भण्डारीको लेखेको यो गीतलाई गीतलाई उदयराज पौडेलको संगीत संयोजन गरेका हुन् । गीतलाई रिजालले गाएका हुन् । गीत रेखा प्रति समर्पित भए पनि भिडियोमा रेखाको अभिनय छैन । रेखाको मुखौटा लगाएर समुह कलाकारले अभिनय गरेका छन् ।
यसमा अभिनेता बिनोद न्यौपाने तथा समुहले आकर्षक नृत्य तथा अभिनय गरेको छ । भिडियोमा बरूभी ब्वाइजले आकर्षक नृत्य प्रस्तुत गरेको छ । यसको कोरियोग्राफी सूर्य योञ्जनले गरेका हुन् ।
यी गीतको भिडियो निर्देशन सञ्चारकर्मी सुब्रत आचार्यले गरेका हुन् । नयाँ चलचित्र सुश्री सम्पत्तिको छायाँकनको तयारीमा रहेका उनले यो भिडियोलाई रमाईलो बनाएका छन् । अर्जुन तिवारीको छायांकन रहेको भिडियोको सम्पादन भरत रेग्मीले गरेका हुन् ।
यस्तो बनेको छ यो भिडियो –