रोजाई, समन्वय र सोचाई लिएर आईन रोजी


काठमाडौं । २७ माघ
बेलायत बस्दै आएकी गीतकार रोजी लाबुङ राईले एक साथ दुई गीतिसँग्रह ल्याएकी छिन् । उनले गीतिसँग्रह रोजाई, समन्वय सहित कथा, निबन्धसँग्रहयुक्त पुस्तक सोचाइ पनि एकसाथ ल्याएकी हुन् ।
शनिबार काठमाडौंमा एक कार्यक्रम माझ रोजी लाबुङ राईको यो पुस्तक र यी गीतिसँग्रह बिमोचन भयो । अग्रज गीतकार डा. कृष्णहरि बराल, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद सदस्य एवँ अग्रज गीतकार उन्नती बोहरा ’शिला’,संगीतकार तारा प्रकाश लिम्बु, गायक बिक्रम राई सहितले यी तीन कृतिको सँयुक्त बिमोचन गरे ।
कार्यक्रममा बोल्दै गीतकार डा. बरालले रोजीको पहिलाको एल्बमलाई आफुले बिमोचन गरेको र अहिले पनि राम्रा गीत सहित सो अवसर उनले जुराएको बताए । विदेशमा बसेर पनि साहित्य र गीतसंगीतलाई गरेको मायाँले डा. बरालले प्रसँसा गरे ।
उन्नती बोहरा ’शिला’ले रोजीको गीतसंगीतमा सबै किसिमका भाव भएको बताईन् । रोजीको गीत लेखाइमा परिपकत्ता आफुले पाएको पनि उनले जिकिर गरिन् ।


कार्यक्रममा अन्जान थिए बोलको गीतको भिडियो सार्वजनिक गरिएको थियो । यसमा शब्द रोजीको रहेको छ भने यसमा संगीत र स्वर विक्रम राईको रहेको छ । यसमा राजिव समरको नृत्य निर्देशन, मिलन शंकरको छायाँकन, सुप्रिम पराजुलीको सम्पादन र शान थापाको निर्देशन रहेको छ । युकेमा बस्दै आएकी गीतकार रोजीले एल्बम तथा पुस्तक विमोचनकै लागि नेपाल आइपुगेकी छिन् । इभेन्टलाई लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईले संचालन गरेका थिए ।
शनिबार बिमोचित गीतिसँग्रह रोजाईमा ७ गीत समावेश छन् । जसमा माया दिए …, ओ परदेशी…, भुल गरे…, म सधै सधै…, अब म मर्छु होला…, सुनसान रातको… र डन्ट लाइक योर बानी…बोलका गीत छन् । यी गीतमा राम कृष्ण ढकाल, मेलिना राई, प्रमोद खरेल, मौनता कमबाङ, साझ सिंह, मिलन अमात्य र राजेश पायल राईको स्वर छ । यसमा बसन्त सापकोटा, डी रातु, नरेश लिङदेन, तारा प्रकाश लिम्बु, महेश खड्काको संगीत दिएका छन् ।
अर्को गीतिसँग्रह समन्वयमा ८ गीत समावेश छन् । जसमा तिमीलाई माया…, तिम्रो माया…, अलिकति माया…, कोहि जिउदै…, जलन हुन्छ…, सुन्दर फुल…, जलन हुन्छ… र देश प्रेमी…बोलका गीत समावेश छन् ।

तस्बिर श्रोत ः विवेक बस्याल

हेर्नुस यस्तो बनेको छ भिडियो

https://www.youtube.com/watch?time_continue=9&v=7oPt35ryxno