झिँगेदाउको टल टल टल टलक्कै


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ भदौ

प्रदर्शनीको मिति नजिकिँदै गर्दा चलचित्र ’झिँगेदाउ’को नयाँ गीत टल टल टल टलक्कै…को भिडियो रिलिज गरिएको छ । यही १७ भदौबाट रिलिज हुने यो चलचित्रको सार्वजनिक गीतमा एक नारायण भण्डारी र दिनेशराज पुरीको शब्द रचना छ । जसमा अर्जुन पोखरेलको संगीत र अन्जु पन्त र सुरेश लामाको स्वर छ ।

भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित सिनेमाले दुई दाजुभाई र देउरानी(जेठानीको पारिवारिक झमेलाको कथा भन्छ । निर्देशक ज्ञानेन्द्र देउजाले यसलाइ सपरिवार हेर्न मिल्ने सिनेमा भनेका छन् ।

सिनेमाका मुख्य कलाकार केकी अधिकारी र मुकुन भुषालको विवाह माहोलमा खिचिएको गीतमा आँचल शर्मा र कुशल विष्टले कम्मर मर्काएका छन् । भिडियोमा आँचल र कुशलबीचको प्रेम अङ्कुराएको देख्न सकिन्छ । गीतको भिडियो कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।

सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको सिनेमामा सुशील दाहाल र इश्वर घिमिरेको सहनिर्माण छ । प्रदीप भारद्वाजको पटकथा रहेको सिनेमामा केकी अधिकारी, मुकुन भुषाल, हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकारहरुको अभिनय छ ।

कपनगढी सिनेमा र फिल्म क्रु नेपालको व्यानरमा निर्मित सिनेमामा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे ९कल्पित०को छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ ।