कविराजको स्वरमा आयो यस्तो पनि जिन्दगी


ब्युटी न्युज नेपाल
काठमाडौं ३ भदौ

गायक कविराज बिष्टले आफ्नो नयाँ गति ‘यस्तो पनि जिन्दगी’ को भिडियो दर्शकमाझ ल्याएका छन् । गीत निकै मर्मश्पर्शी बनेको छ । यो गीतमा स्वरसँगै शब्द, संगीत पनि कविराजकै रहेको छ ।

यो गीतको भिडियोमा राज टाइगर, रबिना कार्की, कल्पना बिष्ट, शिवम् रायमाझी, सन्दिप पण्डितको जिवन्त अभिनय रहेको छ । गीतको भिडियोमा पदम सुवेदीको सम्पादन, मिलन बिश्वकर्माको कलरिङ, मुकेश हुमगाईंको छायाँकन रहेको छ ।

यो गीतको भिडियो निर्देशन आदित्य बुढाथोकीले गरेका हुन् । सदिक्षा फिल्मसको प्रस्तुतिमा यो भिडियो तयार भएको हो ।