निवेशले ल्याए चुमी रहुँ…


ब्युटी न्युज नेपाल
काठमाडौं ३० जेठ

निवेश श्रेष्ठको स्वरमा रहेको नयाँ गीत चुमी रहुँ…को भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा निवेशकै शब्द र संगीत रहेको छ । सागर तामाङले निवेशको कन्सेप्टमा भिडियो निर्देशन गर्नुभएको छ । गीतको भिडियोमा सम्पादन तथा छायांकन पनि सागर तामाङले नै गर्नुभएको हो ।

भिडियोमा सुरज पौडेल र करुणा घिमिरे, सुधांशु श्रेष्ठ,सन्नी श्रेष्ठलाई देख्न सकिन्छ । पारिवारिक कथा बस्तुमा यो गीतको भिडियो तयार गरिएको छ । भिडियोलाई सागर तामाङले निर्देशन गरेका हुन् । गीतको भिडियोमा सम्पादन तथा छायांकन पनि सागर तामाङ कै रहेको छ ।