चिना र जोखना हेर्दै आकाश, प्रिन्सी र प्रिज्मा


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० जेठ

गायक टिकाराम कट्टेल र गायिका समीक्षा अधिकारीको युगल स्वरमा नयाँ गीत ‘चिना र जोखना…’ को भिडियो दर्शकमाझ आएको छ । गीतमा दीपक शर्माको शब्द र संगीत तथा नरेन्द्र वियोगीको एरेञ्ज छ ।

यो गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडाले अभिनय गरेका छन् । उनीहरुसँगै भिडियोमा सरोज खड्का, सोनिया सिंह ठकुरीको पनि अभिनय देख्न पाईन्छ ।

यो गीतको भिडियोलाई माधव शर्माले निर्देशन गरेका हुन् । जसमा नवराज उप्रेतीको छायांकन, टेकेन्द्र शाहको कलर र सम्पादन तथा सन्तोष राजबाहकको कोरियोग्राफी छ । भिडियो द डिभाइन म्यूजिकको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो ।