एउटै गीतमा रबी र बेनिशा


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ जेठ

गायक रवि ओड र गायिका बेनिशा पौडेलको सँयुक्त स्वरमा नयाँ गीत ‘सुन माया’ को भिडियो बजारमा आएको छ । यो गीतको भिडियो बिहीवार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको हो ।

रबि गत वर्षका नेपाल आईडल बिजेता हुन भने बेनिशा उत्कृष्ट ७ भित्र परेकी थिईन् । यी दुईको यो पहिलो सँगीतिक सहकार्य हो । यो गीत रोमाञ्चक शैलीको छ । यो गीतमा गोविन्द भट्टको शब्द तथा संगीत रहेको छ ।

यो गीतको भिडियोलाई देवेन्द्र पान्डेले निर्देशन गरेका हुन् । भिडियोमा नवराज उप्रेतीको छायांकन र विकास दाहालको सम्पादन छ ।

गीतको भिडियोमा किशोर किशोरीको प्रेम सम्बन्धलाई निर्देशक पान्डेले देखाएका छन् । भिडियोमा कलाकारहरु शुभम आचार्य र योगिशा खत्रीको अभिनय छ ।

उनीहरुबीचको टिनएज प्रेमलाई देखाइएको छ । भिडियोमा दुवैले लोभलाग्दो अभिनय गरेका छन् ।