नायिकाले दर्शकलाई प्रहरीमा थुनेको प्रकरण : कबड्डी ४ बहिष्कार गर्दै हलमा आन्दोलन, केही हलमा फिल्म रोकियो


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ जेठ

एक भिक्षु दर्शकमाथि नायिकाले दुव्र्यबहार गरेको भन्दै यतीबेला बौद्ध धर्मावलम्बी भिक्षुहरु र यो धर्मसँग जोडिएका समुदायले फिल्मको प्रदर्शन रोक्न आन्दोलन गरेका छन् । उनीहरुले मँगलबार बिहानैबाट जुलुस नारा गरेर फिल्म रोक्न दवाव दिएका छन् । काठमाडौंको चावहिल स्थित के एल टावरको एफ क्युज सिनेमा हलमा मँगलबार बिरोध प्रदर्शन गर्दै फिल्म प्रदर्शनमा रोक लगाईएको छ । उनीहरुले चलचित्र विकाश बोर्ड अगाडि पनि अहिले जुलुस नारा गरिरहेका छन् ।

फिल्म कबड्डी ४ को प्रदर्शनीमा काठमाडौंको सुन्धार स्थित सिभिल मल दर्शकसँगै फिल्म हेरेर बाहिर निक्लने क्रममा दर्शकले सो फिल्मकी नायिका मिरुना मगरसँग सेल्फी खिच्न चाहे । सोही क्रममा आफुलाई पछाडीबाट पिठ्युमा समातेको भन्दै अभिनेत्री मिरुना मगरले एक जना बौद्ध भिक्षु फुर्वालाई त्यही थप्पड हानिन् । फुर्वाले माफी पनि मागे । तर नायिकाको रिस त्यतिले पनि मरेन । आफुमाथि सार्वजनिक स्थलमा दुव्यबहार भएको भन्दै ती भिक्षुलाई उनले प्रहरी हिरासतमा लगेर थुन्न लगाईन् । त्यसपछि यो प्रकरणले यतीबेला उग्र रुप लिएको हो ।

अहिले फुर्वा प्रहरी हिरासतमा छन् । सामाजिक सञ्जालमा भने मिरुनाले फुर्वालाई थप्पड हानेको भिडियो छ्यापछ्याप्ती बनेको छ । एउटा दर्शकले भिडमा गरेको सो कार्यलाई नायिकाले माफ गरिदिनु पर्ने थियो भन्ने धेरैको भनाई छ । कतिले मिरुनाले थप्पड हान्नु ठूलो गलत रहेको तर्क राखेका छन् ।

यतिबेला सर्वत्र फिल्म ‘कबड्डी ४’ बहिस्कार गर्नुपर्ने माग गरेका छन् । कतिले अबदेखि मिरुनाको फिल्म नहेर्ने घोषणा समेत गरेका छन् । नायिकाको यो हर्कतका कारण अहिले कबड्डीको निर्माण टिम निकै तनावमा छ । नायिकाले ती भिक्षुलाई प्रहरीसम्म पुर्याउने अनुमान निर्माण पक्षको थिएन ।

दर्शकहरुको कलाकार प्रतिको क्रेजलाई कलाकारले दुरुपयोग गरेको भन्दै जताततै आबाज उठिरहेको छ । सामो समय देखि नेपाली चलचित्र नचलेको बेला कबड्डी ४ले केही राम्रो व्यापार गरेको थियो । अब यो घटनाले फिल्मको व्यापारमा ठुलो असर पर्ने देखिन्छ ।
नायिकाले माफी मागेर भिक्षु फुर्वालाई न्याय नदिएसम्म आफुहरुले आन्दोलन जारी राख्ने र यो फिल्म चल्न नदिने फुर्वाका पक्षधरले बताएका छन् । यो आन्दोलदन चकेर हलमा फिल्म उतार्नु पर्ने अबस्था आए पछि निर्माण पक्षले मिरुनालाई अहिले केही लचक बन्न अनुरोध गरेको छ ।