ए मेरो हजुृर ४ बिहानै देखि हाउसफुल, दर्शकबाट राम्रो प्रतिक्रिया


ब्युटी न्युज नेपाल
काठमाडौं, १ बैशाख

अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ बिहिबारबाट देशव्यापी रुपमा प्रदर्शनमा आएको छ । नया वर्षको अबसरमा रिलिज भएको यो चलचित्र बिहिबार बिहानै देखि मुलुकका सबै जासो सिनेमा हलमा हाउसफुल भएको छ ।

यो चलचित्रलाई गोविन्द शाहीले वितरण गरेका हुन् । चलचित्र ए मेरो हजुर ४ सबै जसो सिनेमा हलमा हासउफुल भएको वितरक शाहीले बताएका छन् । बिगत एक महिनादेखि सुस्ताएको नेपाली चलचित्र उधोगलाई यतीबेला चलचित्र ए मेरो हजुर ४ ले फेरी उर्जा थपेको छ ।

यो चलचित्र रिलिज गर्नु अघि बुधबार बेलुका काठमाडौंको कमल पोखरी स्थित बिग मूभिजमा ए मेरो हजुर ४ को प्रिमियर शो गरिएको थियो । फिल्मले चलचित्रकर्मी तथा सञ्चारकर्मीबाट राम्रो प्रतिक्रिया पाएको छ । यो चलचित्रले दर्शकबाट पनि अहिले राम्रो प्रतिक्रिया पाईरहेको छ ।

यो चलचित्रमा रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतमलगायतका कलकारको पनि मुख्य भूमिका रहेको छ । सिनेमाको कथा निर्देशक तथा अभिनेत्री झरना थापाले लेखेकी हुन् । सुनिल कुमार थापाले निर्माण गरेको सिनेमामा मित्र डि गुरुङको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

जसमा पटकथा र संवाद लेखन निर्देशक थापा सहित दिवँगत निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माको रहेको छ । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा यो चलचित्र निर्माण भएको हो ।