सञ्जिवको जिउने कला बजारमा


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ चैत

गायक सञ्जिव पराजुलीले आफ्नो नयाँ गीत ‘जिउने आधार…’ भिडियो सार्वजनिक गरेका छन् ।

गीतमा वसन्त सापकोटाको शब्द तथा संगीत, विषम आचार्यको एरेञ्ज तथा किशोर थापाको मिक्सिङ र एरेञ्ज छ । भिडियोमा सुनय पराजुली र विना राउत फिचर्ड छन् । सुनयको यो ‘डेब्यू’ म्युजिक भिडियो हो । भिडियोमा सुनय र विनाको प्रेमभावलाई देखाइएको छ ।

भिडियोमा दिनसन शाहको सम्पादन तथा कलर, फराज अर्पणको छायांकन तथा गणेश शाहीको निर्देशन छ । भिडियो गायक पराजुलीकै युट्युब च्यानल सञ्जीव पराजुलीबाट सार्वजनिक गरिएको हो ।

https://www.youtube.com/watch?v=SjLJbaI2uOI&t=1s