निमाको गीतमा उषा र बिक्रमका अभिनय


ब्युटी न्युज नेपाल
काठमाडौं,२५ चैत्र

गायक निमा शेर्पाको स्वरले आफ्नो स्वरमा नयाँ गीत रेशमैको डोरी…को भिडियो सार्वजनिक गरेका छन् । गीतकार तथा संगीतकार सिएल शर्माका शब्द तथा संगीत सृजना रहेको गीतको भिडियोमा एक प्रेमील जोडीले हाँशीखुशी एकसाथ जिन्दगी बिताउने विश्वास लिएको दृष्य प्रस्तुत गरिएको छ । जसमा टिकटकबाट चम्किएकी सुन्दरी मोडल उषा उप्रेती र बिक्रम बुढाथोकीको अभिनय रहेको छ । बिक्रम चौहानको निर्देशनमा भिडियो तयार भएको हो ।

शाहस शाक्यको एरेन्ज रहेको गीतको भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् । जसमा सम्पादन लक्ष्मण चौहानले गरेका हुन् ।