प्रमोद र अस्मिताको नौलाख तारा आयो


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ चैत

गायक प्रमोद खरेल र गायिका अस्मिता अधिकारीको स्वरमा नयाँ गीत ’नौलाख तारा…’को भिडियो रिलीज भएको छ । यो गीतमा प्रकाश सापकोटाको शब्द तथा पुस्तक प्रसादको संगीतमा रहेको छ ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा अभिनेता सन्दिप क्षेत्री र लोसिना लामिछानेको साथमा बालकलाकार सायरा भट्टराई लगायतको अभिनय रहेको छ । भिडियोमा पिताको डायरी हेरेपछि त्यहाँ गीत भेटेको र त्यहि गीत विद्यालयमा गाएको छोरीले बताएपछि श्रीमतीसँग प्रेम हुँदाको बखत याद गरिएको कथा देख्न सकिन्छ ।

यो गीत रोमान्टिक शैलीमा छ । भिडियोका छायाँकार बुद्द थापा हुन् । सम्पादन तथा कलर ग्रेडिंग सुप्रिम पराजुलीले गरेका छन् । यो गीत ’गोल्डेन हार्ट पिक्चर्स’ नामक यूट्युब च्यानल मार्फत रिलिज गरिएको छ ।