धुब्र बिस्को र सहिमा श्रेष्ठको पियारी…


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ चैत

गायक धुब्र बिस्को र गायिका सहिमा श्रेष्ठले नयाँ गीत पियारीको भिडियो दर्शकमाझ ल्याएका छन् । गीतको भिडियोमा रमेशचन्द सोडारी र नायिका सुरविना कार्कीको अभिनय छ । गायक बिस्को पछिल्लो एक दशक यता सक्रिय एवं लोकप्रिय गायक हुन् । बजारमा आएका काग दाजै,टपरीमा भात, राइफलको सिरानी, व्युटि पार्लर,सिल्की कपाल लगायतका थुप्रै गितहरु उनका हिट नंम्बर मानिन्छन् ।

गितमा लय,शव्द तथा स्वर गायक बिस्कोकै रहेको छ । महिला आवाजमा उनलाई गायिका सहिमा श्रेष्ठले आफ्नो सुमधुर स्वर मार्फत साथ दिएकी छन् । ‘पियारी’ गीतको भिडियोलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् ।

ईश्वर सिन्केमनाको छायाँकन गरेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । कलर रेनिश फागोको छ । गीतलाई दिया प्रोडक्सन युटुब च्यानल मार्फत हेर्न सकिन्छ ।