नवलपरासीको दाउन्ने सडकखण्डमा बस दुर्घटना, ४ जनाको मृत्यु, ४९ जना घाइते


राष्टिय समाचार समिति
नवलपरासी, ५ जेठ,

आज बिहान पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डमा  बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ , सो दुर्घटनामा ४९ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार, मृतक चारमध्ये रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाकी २७ वर्षीया कल्पना पुन र रुकुम पूर्व सिस्ने गाउँपालिका ४ बस्ने ३६ वर्षीय धनराज घर्तीको मात्र सनाखत भएको छ ।

५८ जना यात्रुु सवार सो बस काठमाडौंबाट रुकुम पश्चिमका लागि जाँदै थियो । पूर्वपश्चिम राजमार्गअन्तर्गत सो खण्डको बाँस खोलामा आज विहान साढे ५ बजे ना ५ ख २७१३ नम्बरको बस खसेको हो ।

दुर्घटनामा घाइतेहरुको प्रहरीले उद्दार गरि गम्भीर घाइतेहरुको उपचारका लागि बुटवलका अस्पतालहरुमा पठाएको र अरु घाइतेहरुको बर्दघाटस्थित चिसापानी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।