जयकिशन र अस्मिता लोभीपापी’को ‘डार्लिङ’मा


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ चैत

चलचित्र ‘लोभीपापी’को गीत ‘डार्लिङ’ सार्वजनिक भएको छ । गीतमा रिना तिमिल्सिना र ओम सुनारको स्वर तथा ओमकै शब्द, संगीत छ । साइराम पिक्चरको युट्युब च्यानलबाट सार्वजनिक गीतमा जयकिशन बस्नेत र अस्मिता जुरेलीको अभिनय रहेको छन् ।

रिलिजको तयारीमा रहेको फिल्ममा जयकिशन बस्नेत, रोशन श्रेष्ठ, अस्मिता जुरेली, किरण बानियाँ, टेकेन्द्र न्यौपाने, विशाल पहाडीको अभिनय छ ।

अमन मियाँ र सत्यम अधिकारी निर्माता रहेको फिल्ममा श्री श्रेष्ठको द्वन्द्व, बन्दे प्रसादको सम्पादन र जय दर्लामी मगरको छायांकन छ । फिल्मका निर्देशक शिवम अधिकारी हुन् । मोसन स्टुडियोमा पोस्ट प्रोडक्सन भइरहेको फिल्मको प्रस्तुतकर्ता मोसन स्टुडियो नै हो ।