नयाँ टिकटक स्टारको खोजी


ब्यूटी न्यूज नेपाल
काठमाडौं, ४ कार्तिक

टिकटकको लोकप्रियतालाई ध्यान दिंदै एचपी इन्टरटेन्मेटको आयोजनामा ‘टिकटक स्टार’ अनलाइन प्रतिस्पर्धा आयोजना हुने भएको छ । घरमा नै बसीबसी देशको विभिन्न स्थानमा रहेका नवप्रतिभालाई अनलाइनबाट प्रतिस्पर्धा गराई विजेतालाई फिल्ममा काम गर्ने अवसरसहित कार्यक्रम गर्न लागिएको आयोजक संस्थाले बताएको छ । प्रतिभा भएका तर अवसरवाट बन्चित प्रतिभाका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने स्थान ‘टिकटक स्टार’ बन्ने आयोजक संस्थाका प्रमुख प्रकाश पाठकले बताए ।

उनका अनुसार कोभिड–१९ले विश्वभर पुर्याएको क्षति र लामो समय सम्मको बन्दाबन्दी पछि पनि जनजिवन कहिले सामान्यरुपमा आउँछ भन्ने कुनै अनुमान लगाउन सकिने वातावरण नरहेको र नेपाली फिल्म क्षेत्रका कामहरू पनि तत्काल सुरु गर्न सक्ने अवस्था नरहेकोले यो असामान्य अवस्थाको समयलाई मध्यनजर गर्दै अनलाईनको माध्यमबाट कार्यक्रम आयोजना गरिएको हो ।

अनलाईनबाट नै प्रतियोगीतामा भाग लिन सकिने र विजेताहरुले चलचित्रका काम गर्ने अवसरका साथै कार,स्कुटर लगायतका अन्य थुप्रै आर्कषक उपहारहरु प्राप्त गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा भाग लिन चाहने सहभागीले एच.पी ईन्टरटेन्मेटको अनलाईन पोर्टलमा गएर दिएको निर्देशन अनुसार फर्म भरी भिडियो पठाउनु पर्नेछ ।