आशिषको डान्सिङ नम्बरमा पानी बादलु


ब्यूटी न्यूज नेपाल
काठमाडौं, ४ कार्तिक

गायक आशिष सचिन नेपाली गीत–संगीतको क्षेत्रमा नयाँ नाम होइन । आशिषको स्वर रहेको गीतहरुले युट्युबमा करोडौ दर्शक पाइसकेका छन् । आशिषको ‘पिरिम नलाउने, एक कान दुई कान मैदान, गलबन्दी–पछ्यैरी’ लगायत गीतहरुले दर्शक–श्रोताको मन जितिसकेका छन् ।

यस्तैमा, मंगलबार आशिष सचिनको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘पानी बादलु’ बोलको गीतमा आशिषसँगै रेश्मा पुनले स्वर दिएकी छिन् । डान्सिङ शैलीमा तयार भएको यस गीतको शब्द तथा संगीत दीपक शर्माले तयार गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा पनि गायक सचिन आफैँ फिचर भएका छन् ।

उनीसँगै भिडियोमा एलिशा शर्मा, सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य देख्न सकिन्छ । भिडियोमा पवन खतिवडा ‘म्याकुरी’ र खड्ग बहादुर पुन ‘खबपु’को पनि अभिनय रहेको छ ।

गम्भिर विष्टको निर्देशन, कन्सेप्ट तथा करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारी र टिमले खिचेका छन् । भिडियो सम्पादन तथा कलरिङ सुप्रिम पराजुलीले गरेका छन् ।