सलोनसँग विवाह गर्दै स्मिताले ल्याईन नयाँ भिडियो 


ब्युटी न्युज नेपाल

काठमाडौं, १ कात्तिक 

स्मिता दाहालको स्वरमा नयाँ गीत मायाले मलाई बोलायो…को भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियो शुक्रबार युट्युव मार्फत प्रिमियर गरिएको हो । जसमा राजनराज शिवाकोटीको शब्द संगीत रहेको छ ।

सार्वजनिक गीतमा संगीत एरेञ्ज दिक्षित पौडेलले गरेका छन् । प्रेमिल भावको गीतको भिडियोमा गायिका स्मितासँगै अभिनेता सलोन बस्नेतले अभिनय गरेका छन् । जसमा उनीहरु प्रेमी प्रेमिकाको भूमिकामा छन् । भिडियोमा सलोन र स्मिताको बाल प्रेम विवाहमा परिणत भएको देखाइएको छ ।

सलोन र स्मितासँगै सुमी गुरुङ, प्रकाश घिमिरेको साथमा वाल कलाकार सलिन राना र अल्फा शाह ठकुरी भिडियोमा अभिनयरत छन् । प्रफेक्ट प्लान इन्टरटेन्मेन्टको तर्फबाट भिडियो निर्माण भएको हो ।

शिशिर खातीको निर्देशनमा तयार भएको भिडियोलाई छायांकन शंकल भुजेलले गरेका छन् भने सम्पादन वनिश शाहले गरेका छन् । कोरियोग्राफी आर्जु बैजुको छ । गीतको शब्द संगीत जस्तै भिडियोमा समावेश दृश्यहरु पनि मनमोहक छन् ।