इशारा काफी छ मा महेश र सत्यकला


ब्युटी न्यूज नेपाल
काठमाडौं, ३० असोज

काठमाडौं । गायक विशाल कालतेन र गायिका प्रविशा अधिकारीको स्वर रहेको गीत ‘इशारा काफी छ’को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रदीप थुलुङको शब्द र विशाल कालतेनको संगीत रहेको छ ।

भिडियोमा महेश लामा कार्की(राज) र सत्यकला लामा कार्की फिचर्ड छन् । प्रेमभावको गीतको भिडियोमा शिव ढकालको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन र कमल राईको निर्देशन छ । भिडियो एएमएस टीभी नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।