गायिका, सञ्चारकर्मी सरिता भारतीको रातो सारी लरक्कै…


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ साउन,

नेपाली हिन्दु धर्मावलम्बी महिलाहरुको नजिकिँदै गरेको विशेषपर्व तीजलाई लक्षित गरेर गायिका मोडल एवम् सञ्चारकर्मी सरिता भारतीले आफ्नो स्वरमा नयाँ तीज भाका रातो सारी लरक्कै…को भिडियो बजारमा ल्याएकी छिन् । उनले आफ्नो यो गीत आफ्नै अफिसियल च्यानल व्युटी न्युज नेपालबाट मँगलरबार रिलिज गरेकी हुन् । उनी ब्युटी न्युज नेपालकी समाचार सँयोजक हुन् ।

यो तीज गीत अग्रज पत्रकार शान्तिप्रियद्धारा लेखिएको हो । शान्तिप्रियको यसै महिना भित्र अझै तीन ओटा तीजगीत रिलिज हुने भएको छ । सँगीतबाट गिनिज अफ वल्र्ड रेकर्डमा नाम लेखाएका सन्तोष श्रेष्ठको संगीत यो तीज गीतमा छ ।दर्शकबाट उनको यो गीतसँगै भिडियोले यतीबेला राम्रो प्रतिक्रिया पाएको छ ।

 रेकर्डिङको हिसाबले सरिताको यो छैटौं गीत हो । यस अघि चार ओटा गीत उनले बजारमा ल्याईसकेकी छिन भने अरु दुई वटा गीतको भिडियो अर्को महिना रिलिज हुनेछन् । आफ्नो गीत तीजमा पर्वमा विभिन्न पहिरन र आभुषणले सजिएकी एक नारीले आफ्नो पहिरन, आभूषण र सौन्दर्यको प्रसँसा गर्ने प्रसँगमा आधारित रहेको गायिका सरिता भारतीले बताईन् ।

बिलक्षण क्रियसनले निर्माण गरेको यो गीतको भिडियोमा अभिनेत्रीद्धय अनामिका चौलागाईं, दीपाशा बिसीसँगै गायिका सरिता भारतीको प्रतिस्पर्धामुलक मुख्य भूमिका रहेको छ ।

यो गीतको भिडियोलाई अग्रज छायाँकार तथा निर्देशक राजु केसीले छायाँकन गरेका हुन् । भिडियोमा राहुल श्रेष्ठ छबी थापामगरको कोरियोग्राफी, बीरेन्द्र भाट ‘बिपिन’को छायाँकन, ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० की बिजेता लिना डँगोल र लक्ष्मी महर्जनको सृँगार छ । भिडियोलाई डब्बु क्षत्रीले तयार गरेका हुन् ।

भिडियो लिँक