सिमा सुरक्षकर्मीले भारत जान नदिएपछि नेपालतिरै फर्किईन सरिता गिरी


ब्युटी न्युज नेपाल
बिराटनगर ३ असार,

नेपाललाई मेरो देश भनेर कहिल्यै नपनाएकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरी नेपाल छाडेर भारत छिर्ने क्रममा सिमाबाटै फर्काईएकी छिन् । मुलुकको राष्ट्रियता, एकता, सार्वभौमता र अखन्डता बिरुद्ध बोल्ने, पार्टीको निर्देशन समेत नमान्ने र पार्टीबाट कारवाहीको तयारीमा परेकी यी सांसादलाई हिजा मँगलबार सिराहाको ठाडी नाकाबाट सशस्त्र प्रहरी बल ठाडी नाकाले नेपालतिरै फकाईदिएको छ । संसाद गिरी सो नाका हुँदै भारतको लौकहा तर्फ जबरजस्ती प्रवेश गर्न खोज्दा गिरीलाई प्रहरीले नाकाबाटै फर्काएको हो ।

सीमाबन्दीकै बीच भारततर्फ प्रवेश गर्न गिरीले निकै प्रयास गरेको सीमा सुरक्षामा खटिएका शसस्त्र सुरक्षा स्रोतले जनाएको छ । भारत छिर्न सफल नभएपछि उनी लहानतर्फ फर्किएकी छिन् । अहिले बोर्डर बन्द छ, यस्तो बेलामा भारततर्फ जान सम्भव हुँदैन भनेर सिमा प्रहरीले सम्झाउँदा पनि नमानेकी उनलाई उतातिर भारतको सीमा सुरक्षा बल एसएसबीले पनि प्रवेश नदिने भनेपछि गिरी त्यहाँबाट फर्किएकी हुन् । उनको माईत भारत हो । त्यसैले उनले नेपालको एकता र राष्ट्रियता बिरुद्ध बोल्दै आएकी छिन् ।

सांसद गिरी संसदमा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत नगरिएपछि संविधान संशोधनको दिन बैठक बहिष्कार गरेर हिँडेकी थिईन् । त्यसपछि उनी गृहजिल्ला सिराहाको लहान पुगेकी थिइन् । चालक र गाडीसहित गिरी मंगलवार दिउँसो ३ बजे सिरहाको मुख्य नाका ठाड़ीबाट भारतको लौकहातर्फ प्रवेश गर्न लागेकोमा उनी असफल भएकी हुन् ।