लकडाउन खुले पनि यी १५ कार्यमा अझै रोक


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ जेठ

बुधबार राती बसेको मन्त्री परिषदको बैठकले मुलुकमा लकडाउन खुकुलो गरेका छ । तर कोरोना सँक्रमण अझै बढीरहेका कारण विभिन्न कुरामा अझै रोक लगाएको छ ।

विधालय, सभा समारोह, चलचित्र प्रदर्शन घर, नाचघर देखि धेरैकुरा सरकारले अझै अनिश्चित कालको लागि बन्द गरेको छ । अनुमित लिएको बाहेक बाँकी राष्ट्रिय अन्तराष्ट्रिय उठान पनि सरकारले बन्द गरेको छ । यस्तै भारत र चिनबाट नेपाल आउनका लागि खोलिएको बाहेकबाँकी सबै सिमानाका बन्द गरेको छ । यस्तै भिडभाड हुने धार्मिक तथा सामाजिक स्थल पनि बन्द यथाबत नै राखेको छ । भिड हुने खेलकुद, तालिम, सेमिना, गोष्ठीलाई पनि बन्द गरेको छ । यस्तै सार्वजनिक पुस्तकला, सँग्रहालय, चिडियाखाना पनि सरकारले कोरोनाका कारण बन्द गरेको छ ।

सरकारका प्रवक्ता अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार अर्को सूचना नआएसम्म निम्न क्रियाकलापहरू सञ्चालन गर्न पाईने छैन ।

१. अनुमतिप्राप्त बाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडानहरू ।

२. शैक्षिक संस्थाहरु (यसभित्र विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिम केन्द्रहरू)

३. तोकिएको बाहेक अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवत(जावत

४. यात्रुवाहक सार्वजनिक सवारी साधन । पर्यटक सवारी साधनसमेत ।

५. सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन ।

६. सपिङ मलहरू

७. सार्वजनिक पुस्तकालय, संग्रहालय, चिडियाखाना ।

८. स्पा, सैलुन र ब्युटीपार्लर

१०. स्विमिङ पुल, जिमखानालगायतका हेल्थ क्लबहरू

११. सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जनस्थल

१२. समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुतिहरू

१३. सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरू

१४. सबै प्रकारका सभा, गोष्ठी, तालिम र सेमिनार ।

१५. काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सोहीसँग सम्बन्धित जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा सञ्चालन हुने निजी सवारी साधनबाहेकका अन्य निजी सवारी साधन।