आज १६२ जनामा कोरोना, नेपालमा कोरोना सँक्रमित १५६७ पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ जेठ

नेपालमा आज फेरी कोरोना सँक्रमणबाट थप १६२ जना सँक्रमित भएका छन् । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाका अनुसार आज नयाँ सँक्रमित १६६ थपिएका छन् । जसमध्य १६२ पुरुष र ४ जना महिला रहेको छन् ।

यो नेपालमा कोरोना सँक्रमितको सँख्या १ हजार ५६७ पुगेको डा. देवकोटाले आजको नियमित पत्रकार भेटघाटमा जानकारी गराएका छन् । उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । आज १ जना भरतपुर अस्पताल, मकवनपुर हेटौडाकी महिला डिस्चार्ज भईन् । आजसम्म २२० जना डिस्चार्ज भएका छन् । १७२ पुरुष र ४८ जना महिला रहेका छन् ।

कोसी अस्पतालमा गरिएको परीक्षणमा  आज ५ जनामा संक्रमण पुष्टि भएको छ । जसमा झापा गौरीगञ्जका २३ देखि ३९ वर्षका पुरुष छन् भने मोरङ विराटनगरकी ४५ वर्षीया एक महिला छन् । यस्तै धरान वीपी स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा १२ जनाको पोजेटिभ आएको छ । उनीहरु सबै सप्तरीको राजगढका १७ देखि ४५ वर्षका पुरुष छन् ।

यस्तै राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा ६४ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये धनुषका १९ देखि ४६ वर्षका २१ जना पुरुष, कपिलवस्तुका २५ देखि ४१ वर्षका पुरुष, रौतहटका ४, ९, १२ वर्षीय बालकदेखि लिएर ५२ वर्षका पुरुष र सर्लाहीका एक वर्षीय बालकसहित ५० वर्षका पुरुष छन् ।

प्रवक्ता डा. विकाश देवकोटाका अनुसार नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा पर्साको पटेर्वा सुगौली गाउँपालिकाका क्वारेन्टिनमा बसेका २२ देखि ३६ वर्षका ५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

पोखरा प्रयोगशालामा गरिएको परीक्षणमा तनहुँ रिसिङका २१, स्याङ्जा गल्याङका २७ र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तु शिवराजका ३२ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ३७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमध्ये कालीकोट शुभकालीकाका १९ वर्षदेखि ५२ वर्षका १३ जना र कालीकोटकै महई गाउँपालिकाका २० देखि ४२ वर्षका ५ जना पुरुष संक्रमित छन् । यस्तै दैलेख देवलकानका १८ देखि २२ वर्षसम्मका ५ जना, नारायण नगरपालिकाका १६ देखि ४८ वर्षका ९ जना, दुल्लुका ३५ वर्षीय एक जना पुरुष, सिम्दाका २६ वर्षीय एक पुरुष, रातापानीका ३८ वर्षीय पुरुष र सादुका २२ वर्षीय पुरुष छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै गरिएको परीक्षणमा बाजुरा जुजुनाथका ४० वर्षीय पुरुषको पनि रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा सल्यान कुपिन्डेका ११ देखि ६० वर्षका २५ जना पुरुष छन् भने सुर्खेत बराहाताल–१ का ४ महिने शिशुको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रवक्ता डा. विकाश देवकोटाका अनुसार यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ आएको छ । उनीहरु सबै बाँकेका हुन् । जसमध्ये नेपालगञ्जका १६ देखि ४२ वर्षका ४ जना पुरुष, नरैनापुरका २१ र २२ वर्षीय पुरुष, वैजनाथका ३५ वर्षीय र खजुराका ३० वर्षीय पुरुष छन् ।

यस्तै सेती अस्पतालमा गरिएको परीक्षणमा ५ जनाको पोजेटिभ आएको छ । जसमध्ये कैलालीको भजनीका २३ वर्षीया, जानकी गाउँपालिकाका ३४ वर्षीया, त्रीनगर क्वारेन्टिनमा बसेका ४७ वर्षीय पुरुष रहेका छन् । यस्तै सोही ठाउँमा गरिएको परीक्षणमा बाजुरा अस्पतालमा उपचाररत २ वर्षीया बालिका र २३ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।