भारतीयले हुलदँगा परेपछि सर्लाहीको दशगजामा हवाईफायर


ब्युटी न्युज नेपाल
बीगरञ्ज, १८ जेठ

सर्लालीमा शसस्त्र प्रहरी बलले सिमा क्षेत्रमा भारतीय नागरिकले हुदँगा गरेपछि उनीहरुलाई रोक्न हवाई फायर गुर्न परेको छ । भारतीय नागरिकहरुको समूह जबर्जस्ती नेपाल प्रवेश गर्न खोजेपछि सृजना भएको बिबादका कारण हवाई फायरसम्म गर्नु परेको सशस्त्र प्रहरीको टोलीले जनाएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीका अनुसार सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रमा ३०–४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेपछि प्रहरीले फर्कायो । उनीहरुले फेरी ठुलो समूह ल्याएर हुलदँगा गरेपछि प्रहरीले हवाई फायर गरेको छ । त्यसपछि भारतीयहरु फर्किएका छन् । सो क्रममा प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो ।

उनीहरुले आज बिहान ६ बजे शसस्त्र प्रहरीलाई घेराहाल्न खोजेपछि यो अबस्जा सृजना भएको हो । प्रजिअ जिसीका अनुसार अहिले त्यहाँको अबस्था सामान्य छ ।