काठमाडौं । नेपाली फिल्मको कथामा परिवर्तन आए जस्तै फिल्म खिच्ने प्रविधिमा पनि परिवर्तन हुँदै आएको छ । रिल क्यामराबाट खिच्न थालिएको फिल्म पछिल्लो डिजिटल प्रविधिमा प्रवेश गरेसँग रेड क्यामराबाट खिच्न थालियो । अहिले टु के, फोर के हुँदै एट के क्यामराको प्रयोग नेपालमा भित्रिसकेको छ । राजधानीमा मंगलबार मुहुर्त गरिएको फिल्म ‘फेरि–फेरि’ पहिलोपटक एट के क्यामराबाट खिचिने भएको छ ।

कमेडी जनरामा नारी कथामा निर्माण हुने फिल्ममा पुरन थापाको लेखन, निर्माण र निर्देशन हुनेछ । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको प्रमुख आथित्यतामा भएको मुहुर्तमा अभिनेत्री ऋचा शर्माका साथमा अभिनेताद्वय अर्पण थापा र धर्मेन्द्र आचार्यले मुर्हत सट दिएका थिए । कार्यक्रममा फिल्म निर्माण कम्पनी माता बसुन्धारा मुभीजले प्रथम महिला बोर्ड अध्यक्ष निकितालाई सम्मान गरेको थियो ।

माघ १८ गतेदेखि छायांकन सुरु हुने फिल्म पहिलोपटक ३५ सेन्सरयुक्त अत्याधुनीक प्रबिधिको रेड इपिक डब्लु हेलियम एट के क्यामेराबाट खिचिदैछ । निर्देशक पुरनले अत्याधुनिक प्रविधिका साथ अत्यन्तै मनोरञ्जन फिल्म बनाउने ध्येय राखिएको बताए । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले फिल्म निर्माणमा मात्र नभई प्रदर्शनमा पनि अध्याधुनिक प्रविधिको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

फिल्ममा अर्पण थापा,ऋचा शर्मा, बिकास चापागाई, धर्मेन्द्र आचार्य, ओमप्रतिक गुरुङ, लय संग्रौला, रश्मी पाण्डे, ध्रुव कोइराला,एलिना बास्कोटा,सोनीका बास्तोला, राम बुढाथोकीलगायतले अभिनय गर्दैछन् । निरज थापा निर्माता रहेको फिल्म सुरेश बज्रचार्यले खिच्ने छन् । फिल्ममा एनबि महर्जनको द्धन्द्ध, रामजी लामीछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी, पुरन थापाको गीत, बिकास चौधरी र पुरन थापाको संगीत छ ।