काठमाडौं । नेपाल चलचित्र प्राविधिक संघ(नेफ्टा)ले आयोजना गर्ने नेफ्टा अवार्डको दशौं संस्करण आगामी फागुन ३० गते हुने भएको छ । संघका अध्यक्ष पुष्कर लामाका अनुसार यसपटकको अवार्ड पनि विदेशमै हुनेछ ।

उत्कृष्ट पाँच घोषणासँगै अवार्ड आयोजना हुने मुलुकको नाम समेत सार्वजनिक गरिने लामाले बताए । आउँदो सातादेखि पाँच सदस्यीय जुरीले फिल्म मूल्यांकनको काम सुरु गर्ने छन् ।

दशैं अगाडि नै अवार्ड हुने लामाको भनाई छ । ‘दुई सातापछि सांस्कृतिक प्रस्तुति दिने कलाकारले रिहर्सल थाल्नेछन् । अवार्डको एघारौं संस्करण आगामी दशैं अगाडि नै आयोजना गर्ने लक्ष्य छ,’उनले भने,‘दशौं अवार्डको लोकेसन र विस्तृत पक्ष उत्कृष्ट पाँच घोषणा बेला सार्वजनिक गर्नेछौं ।’

चलचित्र प्राविधिकको छाता संस्थाले यसअघि नेपालसहित मलेसिया, हङकङ, कतार र दुबईमा अवार्ड सम्पन्न गरेको छ ।