लक डाउनमा भेला भएर भोज खाँदा यी सेलिब्रेटीलाई सर्दैन कोरोना ?


ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ बैशाख

घरमै भएको एक थोक तरकारीमा ऐना हेर्न मिल्ने गरि तङ्ग्रंग झोला हालेर खाउँ तर बाहिर नजाउँ । बाँच्नु भएछ भने खसीको मासुको पक्कु, लोकल कुखुराको रातो झोल, सात पत्रे बँदेल टिमुरको छोप संग चोपेर, माछा फ्राई गरेर, गोलभेडाको अचार, बासमती चामल अकबरे खुर्सानी टोक्दै सात थाल थपि थपि खानुहोला ।’ यसपटक लकडाउनमा सञ्चारकर्मी रबी लामिछानेले भनेको यो सम्बादको भिडियो  सामाजिक सञ्जालमा भाईरल भयो ।

तर यो भनाई यिनै लामिछाने सहित सेलिब्रेटीमा भने लागू भएन । उनीहरु नै लकडाउनको बेला सामुहिक भेला भएर भोजमा केही दिन अघि रमाएको देखियो । देशमा कोराना सँक्रमण बढेको छ । सँक्रमित २१७ जना पुगेका छन् । मँगलबार मात्र काठमाडौँमा १ र भक्तपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तर यही बेला सेलिब्रेटीले सामुहिक भेला भएर भोज खाएको तस्बिर र भिडियो बाहिरिएका छन् ।

यो भिडियो र तस्बिर बाहिर आएपछि लकडाउन भँगगर्दै सेलिब्रेटीलाई जमघट गर्दा कोरोना लाग्दैन भनेर ब्यँग्य गर्न थालिएको छ । लक डाउनको बेला कोरोना भाईरसलाई बेवास्ता गर्दै यी सेलिब्रेटीहरुले भोज  गर्नु पर्ने कारण के थियो त ?

यसैबीच कलाकारहरुले यो आफुहरुले भेला भतेर खान नभएर सोमबार राहत वितरण पछि सँगै भेटेर आफुहरुले खाना खाएको बताएका छन् । एक कलाकारले आफ्नो नाम नछाप्न अनुरोध गर्दै आफुहरुले सोमबार राहत वितरणपछि सँगै खाना खाएको त्यो भिडियो भएको बताए । खाना खाने क्रममा अब फिल्म कसरी बनाउने राहत वितरणमा कसरी सघाउने भन्ने बारे चर्चा भएको पनि उनले बताए ।यो विषयमा स्पष्ट पार्न आफुहरुले सामुहिक विज्ञप्ति जारी गर्ने उनको कथन छ ।

तथापी सामाजिक संजालमा पोष्ट भएको एक भिडियोले देशका चर्चित फिल्मकर्मीहरु तथाले  सरकारको आदेशलाई गम्भीर ढंगले नलिएको देखाएको छ । कलाकार अनुराग कुँवरको घरमा  सोमबार गरिएको पार्टीमा रवि लामिछानेको साथमा उनकी पत्नी निकिता पौडेल, कलाकारहरु दिपक राज गिरि, दिपाश्री निरौला, पुजा शर्मा, किरण केसी, सुमन गिरी (भान्जा), लगायतको उपस्थिति छ ।

अनुरागको घरमा उनीहरु लालमोहन बनाउदै रमाइलो गर्दै पार्टी गरिरहेका छन् । अनी यो पार्टीको भिडियो समेत बनाईएको छ । अहिले यो भिडियो क्लिपले सामाजिक सञ्जालमा पनि चर्चा पाएको छ । तर लक डाउनको बेलामा कोरोना सँक्रमणलाई चुनौती दिँदै किन गरियो यो पार्टी ? कलाकारहरुले यसलाई राहत वितरणपछिको रिफ्रेसमेन्ट भनेर प्रतिक्रिया दिएका छन् ।

यहाँ कोरोन सँक्रमणको बेला के यी सेलिब्रेटीले सामाजिक दुरी कायम गरेको यही हो त भन्ने प्रश्न पनि अहिले उठेको छ ।