कोरोना सँक्रमित कलाकार सुवासको स्वास्थ्यमा सुधार हुँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ बैशाख

कलाकार सुवास कार्कीलाई गत साता कोरोना भाईरस पोजेटिभ देखिएको हो । त्यसपछि उनी घरमै पत्नी र परिवारको निगरानीमा बसिरहेका छन् । हाँस्यटेलिश्रृंखला भद्रगोलमा ‘विलासे’को भूमिका निर्वाह गरेर चर्चामा आएका उनी विगत २ वर्षदेखि लण्डनमा बस्दै आएका हुन् ।

आफुलाई कोरोना सँक्रमण पुष्टी भएपछि घरमै परिवारबाट अलग बसेको उनले बताएका छन् । कोरोना पुष्टी भएपछि आफुलाई सुरुका दिनमा निकै गलाएको तर दुई दिन यताबाट केही सुधार भएको महसुस भईरहेको कलाकार कार्कीलाई बताएका छन् । उनी अहिले पनि घरमै आइसुलेसनमा छन् । पत्नी स्वास्थ्यकर्मी भएका कारण घरमै उपचार भईरहेको उनको कथन छ ।

बेलायतमा कोरोना सँक्रमणको समस्या देखिएपछि उनका साथीहरु नेपाल फर्किएका छन् । उनलाई पनि नेपाज जाउँ भनिएको थियो । तर श्रीमतीको जागिर, नयाँ घरको किस्ता, छोराछोरीको परीक्षा लगायतका कारणले आफु निरन्तर जागिरमा रहेको र सोही क्रममा कोरोना सरेको उनले बताएका छन् ।