२ जेठसम्म नेपालमा हवाई उडान बन्द 


ब्युटी न्युज नेपाल

काठमाडौं, १३ बैशाख 

सरकारले १८ बैशाखसम्म आन्तरिक र अन्तराष्ट्रिय हवाई उडान नेपालमा रोक लगाएकोमा यो रोक अझै १५ दिन थप गरेको छ । अब अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी २ जेठसम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ । शनिबार बसेको कोभिड(१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

मुलुकमा कोरोना बिदेशबाट आयातित भएकाले अहिलेको अबस्था कोरोना रोक्न अन्तराष्ट्रिय उडान रोक्नु पर्ने निस्कर्ष सो समितिको छ । यसै बिषयमा प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले भने, ‘हवाई उडानहरु अप्रिल ३० सम्म स्थगित थियो । यसलाई १५ सम्म लम्ब्याउने निर्णय भएको छ ।’

कोरोना सँक्रमणकै कारण नेपालमा रहेका बिदेशीहरुलाई उनीहरुको देश लैजानको लागि मात्र अहिलेसम्म चार्टर बिमान प्रयोगको अनुमति दिईएको छ । बिदेशबाट आउने यस्ता विमानमा यात्रु नेपाल ल्याउन रोक लगाएको छ । केही बिदेशी मुलुकले आफ्नो बिमान पठाउन भन्दा सोही कारण नेपाल बायुसेवा निगमको बिमान चार्ट गरेर यस अघि आफ्नो नागरिकलाई देश फर्काउँदै आएका छन् । केहीले भने आफ्नो बिमान पठाएर नेपालबाट आफ्ना नगरिक लगे ।