डा. आयुष्नोभाले चुमिन ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’को ताज


ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ बैशाख

डा. आयुष्नोभा ढुंगानाले ‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’को उपाधि चुमेकी छिन् । डा. ढुंगाना मोडल पनि हुन् । डा. ढुंगानाले सवटाइटल तर्फ ‘मिस एलिगेन्स’ समेत हात पार्न सफल भएकी छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’मा प्रतिस्पर्धीलाई पछि पार्दै बुधबार साँझ उनले यी उपाधि चुमेकी हुन् । सनुर्वी इन्टरनेसनलले आयोजक रहेको प्रतियोगिताको फिनाले महिला र पुरुष गरेर २९ जना प्रतिस्पर्धीहरु सहभागी थिए ।

कलाकारिता र डाक्टर पेशाा एकसाथ अगाडि बढाइरहेकी ढुंगाना बंगलादेशबाट एमबीबीएस गरेकी छन् । डा. ढुंगानाले संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कूलबाट जनेशरल साइकीह्याटीक म्यानेजमेन्ट, साइको इडुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उनले १०० प्रतिसत क्रेडिट पाएकी थिइन् । अहिले हार्वर्ड स्कुलकै अटिजम पोस्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दैछन् ।