आफुलाई घमन्डी भन्नेलाई दिपकराजको जवाफ


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ बैशाख

अभिनेता दीपकराज गिरी अरुले लगाएको आरोप तथा आलोचना सहन नसक्दैनन् भन्ने सिनेकर्मीदेखि दर्शकसम्मको टिप्पणी थियो । साना टिप्पणी र आलोचनामा पनि खरो जवाफ दिने यी अभिनेताले यो आफ्नो बानीलाई स्विकारेका छन् ।
एमआरआर टिमको फेसबुक लाईभका क्रममा दर्शकबाट सोधिएको यही प्रश्नमा केही हदसम्म आफुले आलोचना सहन नसकेको उनले स्विकारेका छन् । फिल्म प्रोमोसनका लागि एमआरआरको सदस्य भएको पनि उनलाई आरोप छ । अब करिब एक वर्षका लागि नेपाली सिनेमा नहुने अबस्था आएको भए पनि आफु गाली खाएरै एमआरआरमा बस्नुको कारण फिल्म प्रचार गर्नुमात्र आफ्नो स्वार्थ नभएको उनले प्रस्ट्याएका छन् ।

करिब एक लाख सदस्य भएको यो समुहमा आफुलाई मन नपराउने साथीहरु धेरै भए पनि सो समुहबाट आफु नभागेको पनि उनले प्रस्ट पारेका छन् । यस्तो आरोपमा आफु अन्तक्रिया गर्न रुचाउने व्यक्ति भएको अभिनेता गिरीको कथन छ । कतीपय दर्शक तथा साथीहरुसँग इनबक्समै गएर आफुले कुराकानी गर्ने गरेको पनि यी अभिनेताले बताएका छन् । आफुलाई गम्भिर आरोप लगाउनेहरुसँग बिबाद नगरेर इनबक्समा सम्झाएर त्यो विषयमा स्पष्ट पार्ने गरेको अभिनेता गिरीको जवाफ छ ।

‘जो मान्छे तपाईसँग यसरी सम्बन्धमा आउँछ । त्यसलाई वाक युद्ध भन्दैनन्, त्यसलाई बिचार मन्थन भन्छन् । म सकेसम्म ब्लक गर्दिन, मुख नछाडेसम्म । त्यो भनेको के भने, म तपाईसँग कुरा गर्न चाहन्छु । त्यत्रो भन्दा खेरी पनि मलाई तपाईहरुले गाली गरी गरी ट्याग गरिरहनु भएको हुन्छ । म यो गु्रप लिभ पनि गर्न सक्छु नी । म यो ग्रुप छोड्न सक्छु । ए यो केटोहरु यस्तो भनेर जान सक्छु, किन भने मलाई गालीगर्ने मान्छेहरु धेरै हुनुहुन्छ । मलाई गाली मन नपर्ने भए म यो ग्रुप छाडेर उहिले गईसक्थें । हैन, यो ग्रुपमा रहेका गाली गर्ने मान्छेहरु मेरा साथी हुन् ।’ यही कारण आफुले सो ग्रुप नछाडेको उनले स्पष्ट पारेका छन् ।

आलोचना गर्ने मान्छेहरु अर्को साथी भएकाले त्यसलाई त्याग्नु हुन्न भन्नेबारे आफुले ग्रुपमै पढेको उनले बताएका छन् । गाली गर्ने ठाउँ छाड्यो भने राम्रो राम्रो मात्र सुनिने र आफ्नो कमजोरी सुधार्न नपाईने भएकोले पनि आफु यो समुहमा बसेको उनले स्पष्ट पारेका छन् । सिनेमामार्फत आफुहरु ३५ माथि र बालबालिकाहरुबीच पुग्न सके पनि युवाहरुमाझ पुग्न नसकेको पनि उनले स्पष्ट पारेका छन् । युवालाई मन पर्ने सिनेमा आफुले दिन नसकेको उनले बताएका छन् । आफुले हरेकको जवाफ दिने गरेकालाईलाई नकरात्मक रुपमा हेर्न नहुने उनको प्रतिक्रया छ ।