बाघदेखि बिरालोसम्मलाई कोरोना सँक्रमण


ब्युटी न्युज नेपाल
काठमाडौं २४ चैत,

विश्वव्यापी रुपमा मानिसहरुमा महामारीको रुप लिएको कोरोना भाईरस मान्छेबाट जनावरमा पनि सर्न थालेको छ । अहिले विभिन्न जनावरमा धमाधम कोरोना भाईरस देखिएको छ ।

यसै क्रममा अमेरिकामा बाघमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । अमेरिकामा जनावरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको यो पहिलो घटना हो ।

अमेरिकाको न्युयोर्कमा रहेको ब्रोन्क्स चिडियाघरमा रहेको एक बाघमा कोरोनाको सँक्रमण देखिएको छ । बीबीसीले उल्लेख गरेअनुसार त्यो बघिनी चार वर्षको रहेको छ ।

नाडिया मलायन प्रजातिको बाघ हो । यो बाघ बिरामी भएर उसको स्वाब परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पाईएको त्यहाँका प्रमुख भेटेरियनले बताएका छन् । लोवास्थित नेशनल भेटेनरी ल्याबरोटरीले यो बाघको स्वाब परिक्षण गरेको थियो । अहिले चिडिया खानामा रहेका

अन्य जनावरमा पनि सुख्खा खोकीको लक्षण देखिन थालेको चिडिया खानका रक्षकले जनाएका छन् ।
चिडिया खानामा आउने गरेका मानिसबाट बाघमा कोरोना भाईरसको सँक्रमण सरेका हुन सक्ने चिडियाघरका प्रमुख भेटेरियनको दाबी छ । तर पुष्टी भएको छैन ।

यसअघि बेल्जियममा घरमालिकबाट बिरालो कोरोना भाईसर सरेको समाचार आएको थियो । बेल्जियममा बिरालोसँगै हङकङमा कुकुरमा समेत घर मालिकबाट कोरोना भाइरसको संक्रमण सरेको पुष्टि भएकोे थियो । यसरी मानिसबाट जनावरमा कोरोना सर्न थालेपछि कोरोना सँक्रमितले जनावरबाट पनि टाढा बस्नु पर्ने अबस्था आएको छ ।