चलचित्र पत्रकार संघ नेपालमा नयाँ कार्यसमिति


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ चैत

चलचित्र पत्रकार संघ, नेपालमा नयाँ नेतृत्व आएको छ । सोमबार भएको ८औं महाधिवेशनबाट दिनेश सिटौलाको अध्यक्षतामा नयाँ कार्यसमित आएको हो ।

संघको कार्यक्रम उपाध्यक्षमा जीवन पराजुली, सँगठन उपाध्यक्षमा कुवेर डंगोल र महिला उपाध्यक्षमा दीपज्योति थापा चयन भएका छन् । दीपज्योती र कुबेर निर्विरोध चयन भएका हुन् ।

यस्तै संघका महासचिबमा समिर बलामी निर्वाचित भएका छन् । सचिबमा रघुनाथ सापकोटा, कोषाध्यक्षमा प्रदीप कार्की र सह कोषाध्यक्षमा बिनोद पोखरेल चयन भएका छन् ।

संघको कार्यसमिति सदस्यहरुमा नविन गिरी, मनिष दाहाल (अन्जान), गोपीकृष्ण चापागाईं, मिलन ढुंगाना, आशिष ओली, सृष्टि पोखरेल, सुरक्षा भट्टराई, दीपक गुरुङ चयन भएका छन् । नेपाल पत्रकार महासंघ एशोसिएट शाखाको रुपमा चलचित्र पत्रकार संघ नेपाल रहेको छ । यो नयाँ कार्यसमिति तीन वर्षका लागि चयन भएको हो ।