दर्शकले रुचाए सेन्टी भाईरसको ट्रेलर


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ माघ

चलचित्र सेन्टी भाईरसको ट्रेलर रिलिज भएको ८ घन्टामै ४ लाखपटक दर्शकले सामाजिक सञ्जाल युट्युवमा हेरेका छन् । यो ट्रेलरलाई बुधबार अपरान्ह रिलिज गरिएको हो । ट्रेलरलाई युट्युवमा दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । धेरैले यो फिल्म हेर्ने प्रतिक्रिया दिएका छन् । ट्रेलर मन परेको प्रतिक्रिया पनि धेरैको छ ।

फागुन ९ गते रिलिज हुने यो चलचित्रको बुधबार काठमाडौंमा एक समारोहबीच ट्रेलर रिलिज गरिएको हो । यो चलचित्रलाई धुमुर्स सुन्तली फाउन्डेसनबाट सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली)ले निर्माण गरेका हुन् । फिल्मा यी दुई जना दम्पतिकै भूमिकामा छन् ।

चलचित्र सेन्टी भाईरसको ३ मिनेट ४६ सेकेण्डको यो ट्रेलरमा ग्रामिण समाजमा दुई पार्टीका कार्यकर्ताहरुबीच पार्टीका लागि एक अर्काबीचको इगो देखाईएको छ । सिनेमामा सिताराम र कुञ्जना दुई फरक राजनीतिक दलका कार्यकर्ताको भूमिकामा देखा परेका छन् । दुई पार्टीमा लाग्दा घरमा श्रीमान र श्रमतीबीच फाटो र पछि पार्टीको नाता भन्दा पती पत्नीको नाता ठुलो भनेर ट्रेलरमार्फत दर्शाईएको छ । यसले राजनीतिक विषयबस्तुलाई उठान गरेको छ ।

चलचित्र सेन्टी भाईरसमा सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), दयाहाङ राई, विल्सनविक्रम राई (तक्मे बुढा), बुद्दि तामाङ, सन्दीप क्षत्रीसहितका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्रलाई सुबिहानी फिल्मस् प्रालिको व्यानरमा धुमुर्स सुन्तली सहित डिन्डू लामा ह्याल्मोको लगानीमा निर्माण गरिएको हो । यो चलचित्रको स्कृप्ट कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् ।

यो चलचित्रमा राजनराज सिवाकोटी, शंकर थापा स्माईल, कालीप्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्रध्वज कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।